दफा १५१
यात्रीगुण्टाको बीमा
(१) तोकिएको बाटोमा यातायात सेवा सञ्चालन गर्ने सवारी धनी वा व्यवस्थापकले यात्रा गर्ने प्रत्येक यात्रीको यात्रीगुण्टाको तोकिएको रकमको बीमा गराउनु पर्छ ।
(२) यात्रीगुण्टाको वास्तविक मूल्य जतिसुकै भए तापनि त्यस्तो यात्रीगुण्टा कुनै कारणबाट हराए वा नष्ट भएमा उपदफा (१) बमोजिम गरिएको बीमा रकमभन्दा बढी हुने गरी दावी गरिएको क्षतिपूर्तिको रकम प्रति सवारी धनी वा व्यवस्थापक उत्तरदायी हुने छैन ।
(३) उपदफा (१) बमोजिम यात्रीगुण्टाको बीमा नगराई कुनै सार्वजनिक सवारीले यातायात सेवा सञ्चालन गर्दा कुनै यात्रीगुण्टा हराए वा नष्ट भएमा यात्रीले पाउनु पर्ने उपदफा (१) बमोजिमको बीमा रकम यात्री वा निजको हकवालालाई सवारी धनी वा व्यवस्थापकले क्षतीपूर्ति बापत दिनु पर्छ ।